जब बाबुले आफ्नै छोराको शव प्लास्टिकको झोलामा देखे

जब बाबुले आफ्नै छोराको शव प्लास्टिकको झोलामा देखे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंगलबार नियमित चेकअपको लागि अस्पताल गएका प्रविण कुँवर बेलुका घर आउँदा ८ वर्षको छोरालाई घरमा देखेनन् । एउटै मात्र छोरो प्रयासलाई निकै माया गथ्र्ये । उनकी आमा गंगाको निकै प्यारो थियो । गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेष्ट हाउसका संचालक गर्दै आएका कुँवर दम्पति छोराकै भविश्यको कल्पना गर्दै थिए ।

नियमित स्वास्थ्य चेकअपको लागि अस्पताल गएर फर्किदा एकाएक छोरो नदेखेपछि उनीहरु अत्तालिए । उनीहरुले ड्राईभर महेन्द्र एसकेलाई फोन गरे । पहिलो पटक महेन्द्रले फोन काटिदिए । दोस्रो पटक गर्दा उनले उठाएर आफु बाहिर गएको र प्रयासलाई नदेखेको बताए । त्यसपछि उनीहरुले प्हरीलाई छोरा हराएको खरब गरे । बालक हराएको सूचना पाएलगत्तै प्रहरीले सबैलाई सर्कुलर जारी गर्‍यो ।

प्रयास हराउँदा महेन्द्र प्रमुख शंकामा थिए । प्रहरीले उनीमाथि निगरानी बढायो । अन्ततः उनले हत्या गरेको स्वीकार गरे । अब हत्या गरेर शव फालेको स्थान देखाउन उनी म्हैपीस्थित खोला नजिक गए । खोला किनारमा एउटा झोलामा प्रयासको शव देखियो ।

प्रहरीको साथमा लागेर जसोतसो छोराको शव भेटिएको ठाउँमा पुगेका प्रवीणले पनि शव राम्रोसँग हेर्न सकेनन् । त्यो देखेपछि बाबु प्रवीण एकाएक सडकमा ढले । बोरा भित्र राखिएको छोराको शव देख्नेबित्तिकै उनी मुर्छित बने । उनलाई प्रहरीले भ्यानमा राखेर अस्पताल पुर्‍याएको थियो ।

यता घरमा छोराको हत्यापछि शव फेला परेको जानकारी पाएपछि आमा गंगा पनि वेहोस भएकी छन् । उनी बेला बेला छोरा छोरा….भन्दै रोईकराई गरिरहेकी छन् । बेला बेला मुर्छा परिरहेकी छन् ।  गंगा मुर्छित भएर हलचल हुने अवस्थामा थिइनन् । छोरोको शव भेटिएको कुरा सुन्ने बित्तिकै गंगा गेस्ट हाउसमा नै मुर्छा परिन् । रोइरहिन्, कराइरहिन् ।

बसपार्कमा संचालन गरिएको गेस्टहाउस स्वस्तिका त्रिवेणीमा सन्नाटा छाएको छ । प्रहरीले बालकको अपहरणपछि प्रहरीले प्रवीणकै सवारी चालक महेन्द्रलाई नियन्त्रणमा लिएर कारवाही र अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको छ । उनले अपराध स्वीकार गरेका छन् । उनीमाथि जन्मकैदको सजाय मागदावीसहित मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

Logo