पेप्सोडेन्ट नेपालले देशभर विभिन्न कार्यक्रम गर्दै मनायो विश्व मौखिक स्वास्थ्य दिवस

पेप्सोडेन्ट नेपालले देशभर विभिन्न कार्यक्रम गर्दै मनायो विश्व मौखिक स्वास्थ्य दिवस

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पेप्सोडेन्ट नेपालले विश्व मौखिक स्वास्थ्य दिवस २०२५ लाई विभिन्न प्रभावकारी कार्यक्रम तथा डिजिटल अभियानहरूसहित मनाएको छ । यी कार्यक्रमहरूको माध्यमबाट देशभर विभिन्न समुदाय र वर्गहरूमा दन्त स्वास्थ्यसम्बन्धी चेतना बढ्ने कम्पनीले विश्वास लिएको छ।

पेप्सोडेन्ट नेपालले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डिएसएसन ) सँगको सहकार्यमा, श्री गुहेश्वरी मावि, सिनामंगल (मार्च १५), बिआइए इन्स्टिच्युट, जोरपाटी (मार्च १६) र चितवन मेडिकल कलेज, चितवन (मार्च १७) मा मुखको स्वास्थ्यको लागि सचेतना कार्यक्रम र निःशुल्क दन्त शिविर सञ्चालन गरेको हाे ।

विश्व मौखिक स्वास्थ्य दिवसको दिन आज पेप्सोडेन्ट नेपालले डिएसएसन र नेपाल डेन्टल एसोसिएसन सँगको सहकार्यमा बसन्तपुरबाट नक्सालसम्म २५० दन्त चिकित्सक र विद्यार्थीहरूको सहभागिता रहेको “रन फर ओरल हेल्थ” म्याराथोन आयोजना गरेको छ। यस कार्यक्रमको लक्ष्य पोषण र मुखको स्वास्थ्यको सम्बन्धलाई उजागर गर्नु रहेको थियो। बसन्तपुरमा राखिएको सचेतना कक्षले सर्वसाधारणलाई दन्त रोगको रोकथाम सम्बन्धी विशेष सल्लाह प्रदान गरेको छ।

यसका साथै यो सहकार्यले “स्माइल गार्जियन प्रोजेक्ट”मा पनि योगदान गर्नेछ, जसअन्तर्गत नेपालका १५ अनाथ आश्रममा रहेका १,५०० अनाथ र विपन्न बालबालिकालाई दन्त उपचार प्रदान गरिनेछ।

कम्पनीको अनुसार पेप्सोडेन्ट नेपालले डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डिएसएचएएन) सँग मिलेर मार्च १८ मा १,८०० भन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच प्रदान गरी दन्त स्वास्थ्य किट वितरण गरेको थियो। साथै विश्व मुख स्वास्थ्य दिवसको दिन पोखरामा “तेश्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिट २०२५” आयोजना गरेको छ र नेपालका विभिन्न प्रदेशका दुर्गम क्षेत्रहरूमा रहेका मुसहर, राउटे, र चेपाङ जस्ता विपन्न आदिवासी समुदायलाई निःशुल्क दन्त परिक्षणको साथ दन्त स्वास्थ्य किट पनि वितरण गरेको छ।

गत वर्ष जस्तै पेप्सोडेन्ट नेपालले यस वर्ष पनि आफ्नो “ब्रस एन्ड ग्रुभ” डिजिटल अभियानलाई निरन्तरता दिएको छ। यसमा मानिसहरूलाई आफ्ना मनपर्ने गीतमा नाच्दै खुसीका साथ दाँत माझ्न प्रोत्साहित गरिएको छ। सामाजिक सञ्जालका ७ प्रभावशाली इन्फ्लुएन्सर र विभिन्न कन्टेन्ट क्रिएटर्सको सहभागितामा यो अभियानले हालसम्म १० लाखभन्दा बढी रिच र २० लाखभन्दा बढी इम्प्रेसन हासिल गरिसकेको छ।

यसले दाँत र मुखको दैनिक सरसफाइको महत्त्वलाई समाजमा फैलाउन अझ मद्दत गरेको छ। पेप्सोडेन्ट नेपाल हरेक समुदाय र वर्गमा दन्त स्वास्थ्यको महत्त्व प्रवर्द्धन गर्न प्रतिबद्ध पनि जनाएकाे छ ।

Skip This
Skip This
Logo