‘फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड–२०८१’ सम्पन्न, वेष्ट म्यानेजमेन्ट कलेजतर्फ शंकरदेव क्याम्पस सम्मानित

‘फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड–२०८१’ सम्पन्न, वेष्ट म्यानेजमेन्ट कलेजतर्फ शंकरदेव क्याम्पस सम्मानित

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । फेयर एक्सप्रेस मासिक पत्रिकाको आयोजनामा ‘फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड–२०८१’ सम्पन्न भएको छ ।

अवार्ड समारोहको आयोजन गरी विभिन्न ६ जना शैक्षिक व्यक्तित्वलाई सम्मानसहित उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो । वेष्ट म्यानेजमेन्ट कलेज विधामा शंकरदेव क्याम्पसले पुरस्कार प्राप्त गरेको छ । स्कुल इन नेपाल विधामा विश्व निकेतन माध्यमिक विद्यालय पुरस्कृत भएको छ ।

समारोहमा ‘नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ’ भन्ने घोषणासमेत गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, शिक्षा, स्वास्थ तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द खनाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा गुणस्तरिय शिक्षा सम्भव छ लेखिएको पम्प्लेटको प्रदर्शन गरी उक्त घोषणा गरेका हुन ।

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले ‘२०६२÷६३ सालपछि शिक्षामा संख्यात्मक धेरै परिवर्तन भएको अब गुणात्मक परिवर्तनतर्फ ध्यान दिनुपर्ने बताए ।’ फेयर एक्सप्रेसका प्रधान सम्पादक विपिन पोखरेलले ‘कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरेको बताए ।’

फेयर एक्सपे्रसले शिक्षा क्षेत्रका ६ व्यक्तित्वलाई सम्मान पनि गरेको थियो । भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थी, शिक्षासेवी इ.डा.मिथिलेस कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा.देवकान्त जोशीलाई सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो ।

फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ बाट ४० वटा विधामा पुरस्कार वितरण गरिएको थियो । अवार्ड समारोहमा २० वटा विधामा नेपालका माध्यमिक तथा उच्च शिक्षा अध्ययन अध्यापन गराइरहेको विभिन्न शैक्षिक संस्था तथा विदेश अध्ययनका लागि सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सीहरुलाई विभिन्न २० विधा गरी जम्मा ४० विधामा पुरस्कृत गरिएको थियो ।

Skip This
Skip This
Logo