पेचिलो बन्दै शिक्षा विधेयक, सहमति जुटाउन उपसमिति गठन

पेचिलो बन्दै शिक्षा विधेयक, सहमति जुटाउन उपसमिति गठन

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन भन्दै संसदीय समितिले उपसमिति गठन गरेको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकले एमालेका सांसद छविलाल विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरेको हो । विधेयकमा देखिएका विवादहरुका बारेमा सरोकारवालाहरुसँग आवश्यक छलफल, परामर्श एवं अप्ठ्यारा परेका विषयमा समितिसँग परामर्श गर्दै ३५ दिनभित्र प्रतिवेदन बुझाउन उपसमितिलाई अवधि तोकिएको छ ।

उपसमितिमा पूर्वशिक्षा मन्त्रीहरु समुना श्रेष्ठ र देवेन्द्र पौडेल सदस्य छन् । त्यसैगरी समितिका सदस्यहरु सरीता भुसाल, रेखा शर्मा, डिगबहादुर लिम्बु, महेन्द्र कुमार राय, राम प्रसाद चौधरी, विना जैसवाल र विनिता कुमारी सिंह उपसमितिमा सदस्य छन् ।

यसमध्ये एक जना सदस्य समितिमा प्रतिनिधित्व गर्ने दलहरुसँगको परामर्शमा समितिमा रहेकै सदस्यहरु मध्येबाट अध्यक्षले मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।

Logo