काभ्रेमा आज २० संक्रमित थपिए, ८ जना निको भए

काभ्रेमा आज २० संक्रमित थपिए, ८ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज २० जना संक्रमित थपिएका छन् । आज ८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८६२ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपाका १७ र पाँचखालबाट १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २८ सय ६२ पुगेको छ । निको हुनेको संख्या २५ सय ३७ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ८९ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Skip This
Skip This
Logo