काठमाडौं । समृद्ध नेपालको परिकल्पना गर्ने हो भने, बालबालिकाहरुको प्रारम्भिक वर्षहरुमा लगानी गर्नुपर्ने आवश्यक रहेको सभामुख देवराज घिमिरेल बताएका छन् ।
काठमाडौँको राष्ट्रिय मन्टेश्वरी तालिम केन्द्रको २५औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले बाल शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक रहेको र यसका लागि सरकार, शिक्षक, अभिभाक तथा एमएमटिसी जस्ता संस्थाहरुको सामुहिक रुपमा प्रयास गर्नुपर्ने बताएका हुन् ।
उनले भने, सबैले साझेदारी रुपमा हातेमालो गर्दै सहकार्य गर्ने हो भने प्रत्येक बालबालिकाको उज्वल भविश्यका लागि मजबुत आधार प्रदान गर्न सक्दछन् । ’शिक्षाको भविश्यबारे छलफल गर्दा नेपालको शैक्षिक नीति एउटा महत्वपूर्ण पक्ष हो । नीतिले नीजि तथा व्यवसायिक शिक्षालाई विशेष प्राथमिकता दिएको छ ।
जसले विद्यार्थीहरुलाई व्यवहारिक सिप प्रदान गरेर अर्थतन्त्रसँग जोड्ने लक्ष्य राखेको सभामुखले जानकारी गराए । बाल्यकालदेखि नै व्यवसायिक शिक्षालाई समावेश गर्न सकिएमा युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बहस भैरहेको सर्वविधित छ । व्यवसायिक रुपमा अगाडी बढ्न शिक्षाका सरोकारवालाहरुलाई सभामुख घिमिरेले आग्रह गरे ।
सभामुख धिमिरेले सबल शिक्षण प्रणलीले आर्थिक स्थिरता मात्र होइन, ब्रेन ड्रेनलाई समेत रोक्छ । जसले दक्ष जनशक्ति देश समृद्धीको लागि परिचालन हुन सक्नेमा विस्वास व्यक्त गरे । साथैं नेपाल मन्टेश्वरी ट्रेनिङ केन्द्रको रजत जयन्तिको अवसरमा सबैले पारम्भिक बालशिक्षालाई प्राथमिकतामा राख्ने प्रतिज्ञा गर्न सरोकारवा समक्ष अपिल गरे ।
साथैं शिक्षा नीतिहरुलाई सशक्त बनाउन, लगानी बढाउन साथै गुणस्तरीय शिक्षालाई देशभर विस्तार गर्न सभामुख देवराज धिमिरेले आह्वान गरे । उनले भने शिक्षा क्षेत्र विकास हुनुमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ ।





























प्रतिक्रिया