काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभामा आज मतदान जारी रहेको छ । विहिबारबाट सुरु भएको साधारणसभामा महासंघको नयाँ नेतृत्व चयनका लागि आज विहान ८ बजेदेखि मतदान भइरहेको छ ।
विहानदेखि जारी भएको मतदानमा दुईवटा वस्तुगत र जिल्लानगरतर्फको मतदान सकिएको छ । जिल्लानगरतर्फ १०६ मत र वस्तुगततर्फ १ सय १ मत खसेको छ । यता एसोसिएट तर्फको मतदान भने जारी रहेको छ । अहिलेसम्म कुल ९०४ मत मध्ये ७ सय बढी मत खसिसकेको एसोसिएटतर्फ सदस्यका उमेद्वार कृष्णप्रसाद दुलालले जानकारी दिए ।
महासंघको केन्द्रीय कार्यालय टेकुमा वस्तुगत संघ समूह, कमलादी प्रज्ञा भवनमा उद्योग वाणिज्य समूह (जिल्ला नगर) र बबरमहलमा एशोसिएट सदस्य समूहको मतदान भइरहेको छ । त्यस्तै, कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान गर्ने व्यवस्था गरिएको छ ।
मतदान अपरान्ह ४ बजेसम्म जारी रहने र ५ वजेपछि मतगणना सुरु हुने महासंघले जनाएको छ । महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भइरहेको छ ।





























प्रतिक्रिया