माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा नेपाल कर्मस क्याम्पस मिनभवनमा स्नातक तह (बि.बि.एस) संकाय तर्फका विद्यार्थीहरु बिच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

ग्लोबल मनि विक २०२५ को “थिंक विफाेर यु फलाे, वाइज मनी टुमराे’ भन्ने स्लोगनलाई आत्मसाथ गर्दै, क्यापिटलले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई शेयर बजार, डिम्याट, आईपीओ, बैंकिङ्ग प्रणाली, शेयर कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना लगायतका विषयबस्तुबारे जानकारी तथा छलफल गरेको थियो ।

यस अभियानमार्फत, माछापुच्छ्रे क्यापिटले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । क्यापिटले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रुपमा गरिरहेकोे छ ।

Logo