काठमाडौं । चर्चित शैक्षिक परामर्शदाता सक्सेस एव्रोड स्टडी बनेपा शाखाले आयोजना गरेको विद्यार्थी र अभिभावकलक्षित अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
अन्तर्क्रिया कार्यक्रम सोमबार बनेपामा सम्पन्न भएको हो । कार्यक्रममा सक्सेसबाट परामर्श लिएर जापान अध्ययनमा गएका विद्यार्थीहरुले आफ्नो व्यक्तिगत अनुभव सुनाएका थिए । त्यसैगरी सक्सेसमा आवद्ध रहेका विद्यार्थीहरुले उक्त परामर्श संस्थामा सिकेका विषयबस्तु पनि एकअर्काबीच साटासाट गरेका थिए ।
कार्यक्रममा अभिभावकहरुले समेत सक्सेस एव्रोड स्टडीको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
सक्सेस एव्रोड स्टडी बनेपाका सीईओ उद्धव तिमल्सिनाले यस कार्यक्रमको आयोजनाले विभिन्न देशमा अध्ययन गरिरहेका विद्यार्थीलाई राम्रो म्यासेज दिन सफल भएको दावी गरे । भविष्यमा उच्च शिक्षाका लागि विदेश जाने सोच राखेका विद्यार्थीले एकपटक सक्सेस एव्रोड स्टडी बनेपामा आएर भिजिट गर्न उनले विद्यार्थीलाई आग्रह गरे ।

त्यसैगरी प्लस टु र ब्याचलर अध्ययन सकाएर बसेका र वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीले सक्सेस एक पटक सक्सेस आउन पनि उनको आग्रह छ ।
कार्यक्रममा सक्सेस एव्रोड स्टडीका केन्द्रिय एमडी भवनाथ हुमागाईंले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि सक्सेस एव्रोड स्टडी एक उत्तम शैक्षिक परामर्श दिने संस्थाको रुपमा परिचित हुन सक्ने विश्वास लिएको बताए ।
सक्सेसले लामो समयदेखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई गुणस्तरीय परामर्श दिँदै आएको छ । उक्त संस्थाले विद्यार्थीलाई आवश्यक सम्पूर्ण शैक्षिक क्रियाकलाप, नेपालमा हुँदा सिक्नुपर्ने कुरा र जापानमा गएर त्यहाँको रहनसहन, वातावरण, शिक्षा प्रणलीसँग कसरी घुलमिल हुनेसम्बन्धी विषयामा प्रभावकारी रुपमा परामर्श दिँदै आएको छ ।

अभिभावक विशेष संवाद कार्यक्रम ल्याउने सक्सेस एव्रोड स्टडी बनेपा शाखाले घोषणा गरेको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई सक्सेसले अप्रिल इन्टेकमा भिषा प्राप्त गरेका विद्यार्थीलाई रेफरल कुपन प्रदान गरेको छ । उक्त कुपन बनेपा शाखामा अध्ययन गरेका विद्यार्थीलाई प्रदान गरिएको हो । अन्तर्क्रिया कार्यक्रम भव्य, सभ्य रुपमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ ।

यदि ति विद्यार्थीहरुले रिफर गरेको कुपनमार्फत सक्सेसमा भाषा अध्ययन, आईईएलटीएस, कोरियन भाषा, पिटीई, विशेष छुट पाउनेछन् । साथै त्यसमा विद्यार्थीले सतप्रतिशत छुट समेत पाउनेछन् । सक्सेसले जापानका अलावा अष्ट्रेलिया, क्यानडा, कोरिया लगायतका देशहरुमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई पनि परामर्श दिँदै आएको छ ।































प्रतिक्रिया