काठमाडौँ
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् । उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा नदिई यो काम गरेका हुन् ।
प्रदेश ३ को नीति तथा योजना आयोगले १५ वर्षे पूर्वाधार योजना बनाउँदै छ । यो काममा अस्ट्रेलियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (डीएफएटी) को पैसा खर्च भइरहेको छ । उसले एसिया फाउन्डेसन मार्फत लगानी गरेको हो । डीएफएटी अस्ट्रेलिया सरकारको निकाय हो । यस अन्तर्गत विदेशमन्त्री, व्यापार, पर्यटन र लगानीमन्त्री तथा विकास सहायकमन्त्री रहन्छन् ।
मुख्यमन्त्री पौडेलको यो कदमलाई साथ दिएका छन्, प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले । डीएफएटीले एक्लै र एसिया फाउन्डेसनसँगको साझेदारीमा नेपालमा लगानी गर्दै आएको छ । यस्ता परियोजना अस्ट्रेलियाका राजदूत पिटर बडले दूतावास मार्फत हेर्छन् । डीएफटीले पहिले ‘सब–नेसनल गभर्मेन्ट प्रोग्राम’ अन्तर्गत १२ नगरपालिकासँग काम गर्ने सम्झौता गरेको थियो । पछि उसले प्रदेश सरकारकै योजना बनाउने काममा हात हालेको छ । तर यसका कुनै सम्झौता भएको खुलेको छैन । यो संस्थाले नेपालको सरकारी निकायसँग भएको सम्झौताबारे सार्वजनिक रूपमा कुनै वक्तव्य दिएको छैन ।
कूटनीतिक स्रोतका अनुसार डीएफएटीको लगानी रहेका कार्यक्रमको योजना राजदूत बडले नै बनाउँछन् । नेपाल सरकारसँग गरेको सम्झौताको आधारमा लगानी गरेको डीएफएटीको दाबी छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया