काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । गएराति भएको पहिलो खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्समाथि एक विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।
लखनऊले दिएको २१० रनको लक्ष्य दिल्लीले ९ विकेटको क्षतिमा मात्र तीन बल बाँकी रहँदा पूरा गर्यो । दिल्लीका लागि आशुतोष शर्माले सानदार अर्धशतकीय इनिङ खेले । शर्माले अविजित रहँदै ३१ बलमा ६६ रन जोडे । सो क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए ।
यसैगरी विपराज निगमले पनि १५ बलमा ३९ रन जोडे । स्ट्ब्सले ३४ रन, फाफ डु प्लेसिसले २९ रन र कप्तान अक्षर पटेलले २२ रन जोडे ।
लखनऊका लागि लखनउका शार्दूल ठाकुर, मनिमरन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोइले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०९ रन बनाएको थियो । लखनऊका लागि निकोलस पुरनले ३० बलमा ७ छक्काको मदतमा ७५ रन प्रहार गरे । यसैगरी मिेचल मार्सले ६ छक्काको मदतमा ७२ रन हानेका थिए ।
दिल्लीका लागिथ मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए ।































प्रतिक्रिया