काठमाडौँ

रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतीपूर्ण योजना’को संज्ञा दिएका छन् । "/>

सामाजिक सुरक्षा कार्यक्रम राम्रो तर चुनौतीपूर्ण योजना : भवानी राणा

सामाजिक सुरक्षा कार्यक्रम राम्रो तर चुनौतीपूर्ण योजना : भवानी राणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतीपूर्ण योजना’को संज्ञा दिएका छन् ।

मंगलबार काठमाडौंमा एक समारोहका बीच घोषणा गरिएको सो कार्यक्रममा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको सो योजना कार्यान्वयनमा भने चुनौती देखिएको टिप्पणी गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लागू गरेको यो योजनाले सामाजिक रुपान्तरणको कामलाई अघि बढाएको उल्लेख गरिन् । उनले यसको सफल कार्यान्वयनबाट मात्रै श्रमिकको भविष्य सुरक्षित हुने र त्यसले रोजगारदाताहरुलाई पनि प्रतिफल मिल्ने स्पष्ट पारिन् । अध्यक्ष राणाले सरकारको सो योजनालाई सफल बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
नयाँ पत्रिकाबाट

Logo