अपर तामाकोशीको आइपीओ बाँडफाँड, १ लाख ७२ हजारले पाए ५० कित्ता

अपर तामाकोशीको आइपीओ बाँडफाँड, १ लाख ७२ हजारले पाए ५० कित्ता

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी जलविद्युत आयोजनाको आईपिओ आज मंगलबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोष बबरमहलको क्रिष्टल प्यालेसमा शेयर बाँडफांड गरेको हो ।

कुल ३ लाख ३९ हजार ७ सय ७५ आवेदकले आवेदन दिएकोमा ५ हजर ७ सय आवेदन रद्द भएको जनाएको छ । कुल ३ लाख ३४ हजार ७५ जनाले शेयर पाएका छन् । जस मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् । बाँकि १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता शेयर मात्र पाएका छन् । 

कम्पनीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ।

Skip This
Skip This
Logo