एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विक -२०२५ सम्पन्न

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विक -२०२५ सम्पन्न

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल राष्ट बैंकको संयोेजनमा एभरेष्ट बैंकले सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी वीककोे उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष ४ चैतदेखि सप्ताहव्यापी अभियानअन्तर्गत ग्लोबल मनी विक २०२५ सञ्चालन भएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झन्डै ३ हजार हजार भन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ ।

उक्त कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको बैंकले जनाएको छ ।

‘थिंक विफोर यु फ्लो, विज मनी टुमरो’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा युवा पुस्तामा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको थियो ।

Logo