काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले दुई तिहाईको वर्तमान सरकारको हेपाहा प्रवृतिविरुद्ध सडकमा उत्रिन जनतालाई आह्वान गरेकी छन् ।
उनले भनेकी छन्, ‘सरकारको यो हेपाहा प्रवृति अब सहनुहुँदैन । हामी जहाँ छौं त्यहींबाट निस्कौं । हामी दलहरुको रैती पनि बन्न सक्दैनौं । काम गर्ने खोज्नेलाई भित्तैमा पुर्याउने, खुट्टा तान्ने जुन सोच मौंलाएको छ, त्यसलाई रोक्नैपर्छ ।’
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट बर्खास्त गर्ने निर्णयको विरोधमा मंगलबार सडकमै उत्रिएकी सांसद श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेकी हुन् ।
‘अहिले राजनीतिकर्मीहरुले जति नै ठूलो भाषण दिएपनि जनताको जनजीविकामा भिजेका व्यक्ति कुलमान नै हुन् । उनले टुकीको युगमा रहेको नेपाललाई यहाँसम्म ल्याए । विजुलीबाटै रोजगार सिर्जना गराए । तर उनैलाई काम गरिनस् भनेर शून्य अंक दिनु त अत्याचार र हेपाहा प्रवृति नै हो । यो विषयमा अहिले हामी नउठ्ने हो भने कहिले उठ्ने त ?’





























प्रतिक्रिया