सर्वोच्च पुगे कुलमान घिसिङ

सर्वोच्च पुगे कुलमान घिसिङ

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हटाइएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरी सर्वोच्चमा रिट दायर गरेका छन् । तर रिट भने दर्ता भएको छैन । बुधबार समय नपुगेकाले रिट दर्ता नभएको बताइएको छ ।

अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेको आरोप लगाउँदै सरकारले सोमबार साँझ मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई बर्खास्त गरेको थियो । उनको दोस्रो कार्यकाल आगामी साउन महिनामा सकिँदै थियो । तर, विभिन्न प्रशासनिक, कानूनी, नीति(नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको हो । यो विषय अहिले सडकदेखि सदनसम्म पुगेको छ ।

Skip This
Skip This
Logo