काठमाडौँ
सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १७ सहसचिवसहित १८९ कर्मचारीलाई सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार खरिदार देखि सहसचिवसम्मका कर्मचारीको ठूलो संख्यामा सरुवा गरेको हो ।
प्रदेश र स्थानीय तहमा अहिले पनि कर्मचारी अभाव यथावत् छ । सहसचिव र उपसचिवस्तरका कर्मचारीको छिटोछिटो सरुवा गरी प्रशासनलाई अस्थिर पार्ने गरेको आरोप सरकारमाथि लाग्दै आइरहेको छ ।
सरकारले कर्मचारी समायोजन प्रक्रिया थाल्न नसक्दा कर्मचारीहरू स्थानीय तह र प्रदेशमा जान मानिरहेका छैनन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रका विभिन्न निकायमा कार्यरत १११ जना नायब सुुब्बा र खरिदारलाई स्थानीय तहमा सरुवा गरिएको छ । राजनीतिक आस्थाका आधारमा कर्मचारीको फेरबदल गरिएको स्रोतको दाबी छ ।
सरुवा भएकाहरूमा प्रशासन र प्राविधिक दुवै समूहका कर्मचारी छन् । यस्तै, मन्त्रालयले अधिकृतस्तरका ३७ जना र उपसचिवस्तरका २४ जना कर्मचारीलाई पनि सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश २ का आर्थिक योजना मन्त्रालयका सचिव किरण रुपाखेतीलाई राष्ट्रिय योजना आयोगमा, भूमिसुधार तथा व्यवस्थापन विभागका मुक्तिप्रसाद आचार्यलाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र कम्पनी रजिस्ट्रार कार्यालयका भुवनहरि अर्याललाई प्रदेश २ को मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
राजधानीबाट































प्रतिक्रिया