काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रजको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको काँधमा आएको बताएकी छिन् ।
राजावादीका नाममा ठूलाठालुहरू सडकमा उत्रिएको सन्दर्भलाई लक्षित गर्दै उनको यो अभिव्यक्ति आएको हो । नेपाल तरुण दल बाराले कलैयामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘राजावादीको आन्दोलनमा ठूलाठालु मात्रै समेटिएका छन् । नवराज सुवेदी हाेस् या दुर्गा प्रसाईं, त्यहाँ खाइपाइ आएको वर्ग छ । त्यहाँ दलित, महिला को छ ?’
राजावादीको आन्दोलनमा देखिने अनुहारबाटै उनीहरू कुन उद्देश्यले आएकाे प्रष्ट हुने सहमहामन्त्री डिनाकाे भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईं, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, तरुण दलका केन्द्रीय सदस्य सरित घिमिरे लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया