वाडा अटो शोमा बीवाईडीको अफरः २० प्रतिशत डाउन पेमेन्ट, १ वर्ष रोड ट्याक्स र फ्रि-इन्स्योरेन्स

वाडा अटो शोमा बीवाईडीको अफरः २० प्रतिशत डाउन पेमेन्ट, १ वर्ष रोड ट्याक्स र फ्रि-इन्स्योरेन्स

केन्द्रबिन्दु
21
Shares

पोखरा । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा आजबाट सुरु भएको वाडा अटो शो २०२५ मा विशेष अफर ल्याएको छ ।

मेलामा दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शनमा राखेको बीवाईडीले यी सवारी साधन किन्ने ग्राहकका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको हो ।

यस अफरअन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा सवारी साधन उपलब्ध हुनुका साथै १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष फ्रि इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज र कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालभर इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएको सन्दर्भमा बीवाईडीले विभिन्न ग्राहकको चाहना अनुरुप पोखरा र पुरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको छ । वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरुले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका वारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सक्नेछन् ।

सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।

नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।

Skip This
Skip This
Logo