काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन आगामी जेठको दोस्रो साता हुने भएको छ ।
आज बसेको पदाधिकारी बैठकले आगामी जेठ ९-११ गते पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
महाधिवेशन सम्पन्न गराउन संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेको ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।





























प्रतिक्रिया