अपर तामाकोशी जलविद्युत आयोजनाको आईपिओ मंगलबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषले मंगलबार दिउँसो ३ बजे बबरमहलको क्रिष्टल प्यालेसमा आइपीओ बाँडफांड हुने जनाएको छ । "/>

अपर तामाकोशीको आइपीओ भोलि बाँडफाँड हुँदै, ६ हजारको आवेदन रद्ध

अपर तामाकोशीको आइपीओ भोलि बाँडफाँड हुँदै, ६ हजारको आवेदन रद्ध

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी जलविद्युत आयोजनाको आईपिओ मंगलबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषले मंगलबार दिउँसो ३ बजे बबरमहलको क्रिष्टल प्यालेसमा आइपीओ बाँडफांड हुने जनाएको छ । 

दोहोरो आवेदन बढी भएकोले आईपिओ बाँडफाडमा ढिलाई भएको हो । सुरुमा १२ हजारको हाराहारीमा दोहोरो आवेदन देखिएको भए पनि त्यसलाई केलाउदा ६ हजार जनाको आवेदन रद्द भएको छ । अन्तिम तथ्यांक अनुसार योग्य आवेदकको संख्या ३ लाख ३४ हजारको हाराहारीमा आएको छ । यी मध्ये करिब ५१ प्रतिशतले पुरै ५० कित्ता शेयर पाउने प्रारम्भिक आंकलन गरिएको छ भने बाँकीले ४० कित्ता शेयर पाउने छन् ।  

कम्पनीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । त्यस अघि कम्पनीले ऋणदाता कम्पनीका कर्मचारी र स्थानीयलाई शेयर निष्काशन गरेको थियो । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

Skip This
Skip This
Logo