शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुनेः मन्त्रीपरिषद्को निर्णय

शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुनेः मन्त्रीपरिषद्को निर्णय

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सरकारले शुक्रबार काठमाडौंका तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषीउपर कारवाही गर्ने निर्णय गरेको छ ।

शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बसेको थियो ।

‘आज मिति २०८१ साल चैत्र १५ गतेका दिन पूर्वराजाहरुका समर्थकहरुद्धारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा नीजि, सार्वजनिक एवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय साथै संंचार गृहहरुमा भएको तोडफोड, आक्रमण र तोडफोड गरी एवम अन्तार्राष्ट्रिय विमान स्थल जस्तो संवेदनशिल क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यान लिनेजस्ता अमानवीय र गैरकानुनी कार्य भएकोप्रति नेपाल सरकार घोर भत्र्सना गर्दछ,’ सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने।

उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको सुनाए । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि उनले बताए । मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःख व्यक्त गरेका छन्।

शुक्रबार बेलुका बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका हुन्। काठमाडौंको तीनकुने, जडिबुटी, कोटेश्वर क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि आकस्मिक बैठक बोलाइएको हो ।

Skip This
Skip This
Logo