दुर्गा फरार, रविन्द्र र धवल प्रहरी नियन्त्रणमा

दुर्गा फरार, रविन्द्र र धवल प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । तीनकुनेसहित विभिन्न क्षेत्रमा शुक्रबार भएका अराजक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईं फरार भएका छन् ।

उनलाई पक्राउ गर्न विभिन्न स्थानबाट प्रहरी टोली खटाइएको छ । यसअघि प्रसाईंले ‘प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउँछु’ भनेका थिए । तर, अहिले उनी फरार रहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

यसका साथैं प्रहरीले तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गर्नेहरु रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपालसहित ५० जनाभन्दा बढी पक्राउ गरेको छ।

Logo