राजावादीको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो: गृहमन्त्री लेखक

राजावादीको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो: गृहमन्त्री लेखक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । शनिबार उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन्।

सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ।

उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौ।’

यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुदाँ यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्र कै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए।

Skip This
Skip This
Logo