काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ वटा आयोजनाको अनुसन्धान थालेको छ । ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो । "/>

१४ वटा ठूला आयोजनामा अख्तियारले अनुसन्धान थाल्यो

१४ वटा ठूला आयोजनामा अख्तियारले अनुसन्धान थाल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ वटा आयोजनाको अनुसन्धान थालेको छ । ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो । ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ ।

हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ । उसले १४ वटा पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभाग अन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ ।

अलपत्र हुलाकी राजमार्ग वीरगन्ज क्षेत्र अन्तर्गतका तियर पुल, जमुनी पुल, नाला–१ वीरेखोला पुल, नाला–२ पुल, नाला–३ पुल, वागमती पुलको पनि अख्तियारले अनुसन्धान थालेको छ । हुलाकी राजमार्ग अन्तर्गत जनकपुरको घनकौल पुल र हर्कथया पुल, उत्तर–दक्षिण सडक योजना अन्तर्गत कोसी खण्डको निर्माणाधीन आरसीसी पेभमेन्ट, कालीगण्डकी करिडोरको कागबेनी खोला पुलको पनि अनुसन्धान भइरहेको छ ।

मध्यपहाडी लोकमार्गको खोरुंगा खोला पुल, खाङसाङ र सोखु खोला पुल, सिन्धुलीखण्ड र खोटाङखण्डको केही भागको निर्माण पनि अख्यितारको छानबिन दायरामा छ । अख्तियारले अलपत्र रुग्ण आयोजनाको विस्तृत विवरण मागिरहेको छ । कतिपय ठेक्का सम्झौता भएका आयोजनाका काम सुरु भएका छैनन् । ठेक्का लिएर ठेकेदार सम्पर्कविहीन छन् । ठेकेदारले ठेक्का लिएर मोबिलाइजेसन बापत रकम लिएर काम नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo