File Photo

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । "/>

निर्मलाका बाबुलाई उपचारको लागि शिक्षण अस्पताल भर्ना गरियो

निर्मलाका बाबुलाई उपचारको लागि शिक्षण अस्पताल भर्ना गरियो

केन्द्रबिन्दु
0
Shares

File Photo

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । छोरीको न्यायको लागि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि काठमाडौं ल्याईएको हो ।

धर्नामा बसेका बेला आ आफैं बोलिरहने, बर्बराईरहने, गाली गलौज गर्न थालेपछि उनलाई उपचार गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका थिए । धनगढीबाट हवाईजहाजमा आउन नमानेका यज्ञराजलाई नीजि गाडी मार्फत काठमाडौं ल्याईएको हो । उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल भर्ना गएको हो ।

गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुवारीमा फेला परेको थियो ।

छोरीको हत्यारालाई न्यायको माग गर्दै निर्मलाका बाबु, आमा, घरपरिवार, आफन्त, स्थानीय तथा अधिकारकर्मीहरु आन्दोलनमा छन् । हत्या भएको चार महिना पुरा हुँदा समेत हत्यारा पत्ता लाग्न सकेको छैन् ।

 

 

 

Skip This
Skip This
Logo