बालेनले विष्णु रिमाललाई ‘पैसा किन नतिरेको’ भन्दै कमेन्ट गरेपछि…

बालेनले विष्णु रिमाललाई ‘पैसा किन नतिरेको’ भन्दै कमेन्ट गरेपछि…

केन्द्रबिन्दु
969
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालमाथि गरेको टिप्पणी यतिबेला चर्चामा छ ।

शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनले निम्ताएको फोहोर र विनासको हिसावकिताव गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले झण्डै ८ लाख जरिवाना तिराउने पत्र काटेको थियो । महानगरको त्यो कदमप्रति रिमालले बालेनको प्रशंसा गर्दै जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको भएको दाबी गरेका थिए ।

रिमालले सामाजिक सञ्जालमा लेखेका थिए, ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ १ महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटे छन् । यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो ।’

तर, यता मेयर बालेनले रिमालको पोष्टमा गएर एमालेले महानगरलाई जरिवानाको रकम किन नतिरेको भन्दै प्रश्न गरेपछि यो विषयले चर्चा पाएको हो । आफू सामान्य मान्छे नै भएको जिकिर गर्दै बालेनले लेखेका छन‍्, ‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो। मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईंहरूले चाँही किन नतिरेको पैसा?’

गत म‌सिर ७ गते काठमाडौंको दरबारमार्गमा जनप्रदर्शन आयोजना गरेर जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो। तर, एमालेले अहिलेसम्म तिरेकाे छैन ।

Logo