काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खान नहुने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा डा. भट्टराईले अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भर्न युवाहरुलाई सुझाव दिएका हुन् । रिसको झोकमा आधा भरिएको गिलास घोप्ट्याएर पुरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको बताएका छन् ।
यस्तै उनले अगाडिको स्यालसँग लड्डा पछाडि झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाव दिएका छन् ।
पछिल्लो समय देशका विभिन्न जिल्लाहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शन हुन थालेपछि पूर्व प्रधानमन्त्री भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।































प्रतिक्रिया