प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग गरे छलफल

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग गरे छलफल

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गरेका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ, तर अझै बस्न सकेकाे छैन ।

बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गरेकाे सभामुखको निजी सचिवालयले जनाएको छ । बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् ।

सङ्घीय संसद् विपक्षी दलहरुको अवरोधका कारण दुई पटक बैठक स्थगित भइसकेको छ ।

Logo