फरार रहेका दुर्गा प्रसाईंले भने- मलाई मार्ने सरकारको योजना रैछ, कानबाटै गोली गयो

फरार रहेका दुर्गा प्रसाईंले भने- मलाई मार्ने सरकारको योजना रैछ, कानबाटै गोली गयो

केन्द्रबिन्दु
228
Shares

काठमाडौं । गत शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक बनाउन उक्साएर फरार रहेका दुर्गा प्रसाईंले भिडियो सन्देश जारी गरेका छन् ।

भिडियोमार्फत उनले आफूलाई शान्तिपूर्ण प्रदर्शन गर्नेक्रममा सरकारले मार्ने योजना बनाएको र घरका छतहरुमा सार्प सुटर राखेर गोली ताकेको बताएका छन् । उनले कानैबाट गोली गएको समेत बताएका छन् । ‘हामी शान्तिपूर्ण प्रदर्शनको तयारीमा थियौं । डेढ बजे म कार्यक्रम स्थलमा पुग्नुअगावै स्टेजमा पुग्नै नदिई त्यहाँ प्रहरीले ज्यादती गर्यो । गोली हानेर लखेट्न खोज्यो ।’ उनले भनेका छन्, ‘मलाई मार्ने सरकारको योजना रैछ । निजी व्यक्तिको घर नै कब्जा गरेर प्रहरी लुकेर बसेको थियो । मेराे कानबाटै गाेली गयाे ।’

साथै उनले आफू प्रहरीलाई सबैभन्दा धेरै माया गर्ने व्यक्ति रहेको स्मरण गराउँदै प्रहरीसँग कुनै दुस्मनी नरहेको पनि बताएका छन् । प्रहरीले आफूलाई खोज्नु नपर्ने र नेपालबाट नभाग्ने पनि उनले बताएका छन् ।

Logo