काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नेपाली बजारमा २०२५ एथर ४५०एक्स र ४५०एस नेपाली बजारमा भित्र्याएको छ ।
‘बाइक अफ स्कुटर’ उपनाम दिइएको २०२५ एथर ४५०एक्स अब बहु–मोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीको दाबी छ ।
बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीसमेत उपलब्ध रहेको यो स्कुटर रेन मोड, रोड मोड र (याली मोड गरी तीन मोडमा उपलब्ध छ ।
स्कुटरको रेन्ज सुधार गर्नका लागि नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । यसका लागि एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र उर्जा खपतलाई अनुकूल बनाउने कम्पनीले जनाएको छ ।
३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ ।
नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ ।
यो स्कुटर खरिदमा ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया