सुजुकी मोटरसाइकलको नयाँ वर्ष अफरः एसएमएस पठाउँदा १ लाखसम्म नगद उपहार

सुजुकी मोटरसाइकलको नयाँ वर्ष अफरः एसएमएस पठाउँदा १ लाखसम्म नगद उपहार

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०८२ का लागि अफर सार्वजनिक गरेको छ ।

‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ नामक यस अफरअन्तर्गत सुजुकी मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एसएमएस मार्फत ८ हजारदेखि १ लाख रुपैयाँसम्म नगद उपहार पाउने कम्पनीले जनाएको छ । ग्राहकले ३५००१ मा एसएमएस पठाएर उक्त रकम जित्न सक्नेछन् ।

साथै, ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर दिएर ब्रान्ड न्यू सुजुकी बाइक एक्सचेन्च गर्न समेत सक्ने कम्पनीको भनाई छ ।

Logo