काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । निर्धारित समयमा बस्न नसक्दा बैठक आजै दिउँसो ४ बजे बस्ने भएको हो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक मुस्किलले दिउँसो १ः३० बजे बसेको थियो ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका थिए । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएको विषयलाई विपक्षी दलहरुले उठाएपछि बुधबारदेखि बैठक बस्न सकेको छैन । बिहीबार र शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।
































प्रतिक्रिया