मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा–१० मा रहेको सीमाचोकमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए ।
कार्यक्रममा राप्रपा मकवानपुरका अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताएका हुन् । ‘सरकारले जुन क्रियाकलाप गरेको छ, त्यसको विरोधमा हामीले आज यो प्रदर्शन आयोजना गरेका हौँ,’ उनले भने ।
उनले यो शान्तिपूर्ण विरोध भएको र आजदेखि थप आन्दोलनको तयारी हुने जानकारी दिए । काठमाडौंमा पत्रकारको मृत्युको घटनामा पनि प्रहरीको गल्ती रहेको उनको दाबी थियो ।





























प्रतिक्रिया