काठमाडौं । चार दलीय समाजवादी मोर्चाले शुक्रबार तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सरकारको कमजोरी भएको औंल्याएको छ ।
सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले २ जनाको ज्यान जानेगरी भएको आन्दोलनमा सुरक्षाका तर्फबाट सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘घटनालाई हेर्ने सन्दर्भमा सरकारको कमजोरी रहेको देखियो । आगामी दिनमा पनि यस्ता घटना हुनसक्छ, सरकारलाई यसबारेमा ध्यानाकर्षण गराउन बैठकले डेलिगेसन गर्ने निर्णय गरेको छ ।’
साथै मोर्चाको बैठकले हिंसात्मक आन्दोलनले पुर्याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको र राजावादीहरुबाटै क्षतिपूर्ति भराउनुपर्ने गरी माग पनि गरिएको प्रकाण्डले बताए ।





























प्रतिक्रिया