काठमाडौं । सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले पर्याप्त लगानी हुँदा हुँदै पनि सामुदायीक विद्यालयहरुको सुधार र परिवर्तन हुन नसकेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ११ औं स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रत्येक वर्ष पाँच सात सयको दरले विद्यालय घट्दै गइरहेको भन्दै विद्यालयको क्षेत्रमा अपेक्षित परिवर्तन नहुनुको एउटै कारण विद्यालयभित्रै राजनीति माैलाउनु रहेकाे बताएका हुन् ।
उनले भने, ‘यो देशमा ३५ सय वटा सामुदायिक विद्यालयहरु खुले आज प्रत्येक वर्ष पाँच सात सयको दरले घट्दै छ । हाम्रो सामुदायिक विद्यालयको नजिता भन्दा अरुको विद्यालयको नतिजा बढेको हो कि भन्ने तथ्यांकले देखाइरहेको छ । सामुदायिक विद्यालयको परिवर्तन सुधारका निम्ति सरकारी क्षेत्र र गैर सरकारी क्षेत्रबाट पनि पर्याप्त लगानी छ । सबैको सहयोगको बाबजुत पनि अपेक्षित परिवर्तन नहुनुको एउटै कारण विद्यालयभित्रबाट नै विद्यालयको सुधारको काम भएन ।’
त्यस्तै, उनले विद्यार्थीहरु शुन्य हुँदै गएको र विद्यालयहरु मर्ज हुँदै गएको अवस्थामा आफूहरुले सुधारको प्रयास गरिरहेको बताए ।































प्रतिक्रिया