ऐतिहासिक एवं पुरातात्त्विक बछलेश्वरीको जात्रा सम्पन्न

ऐतिहासिक एवं पुरातात्त्विक बछलेश्वरीको जात्रा सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौँको पाशुपत क्षेत्रमा मनाईने ऐतिहासिक एवं पुरातात्त्विक बछलेश्वरीको जात्रा सम्पन्न भएको छ ।

गत चैत गते दुःदुः च्याँच्याँ (निमन्त्रणा) सहित १३ गतेबाट पशुपतिनाथका प्रमुख भट्टले सिन्दुर अर्पण गरेर शुरूवात भएको जात्राको सोमबार साँझ भट्टले सिन्दुर अर्पण गरेर जात्राको समापन गरेका हुन् । गत बुधबार बज्रेश्वरी मन्दिरमा देशोद्वार पूजा चार वर्णका प्रतिनिधिसहित बली पूजा गरिएको हो भने बिहीबार बछलेश्वरी देवीको देशोद्वार पूजा गरिएको अमालकोट कचहरीका द्वारे राम कृष्ण डंगोलले बताए ।

उनले सोही दिन बज्रेश्वरी मन्दिरमा (कुम्हमचा) कन्या पूजा, शुक्रबार पाँहाचह्रे बछलेश्वरी मन्दिरमा पशुपतिनाथबाट बली पूजा बज्रेश्वरीमा बलीपुजा गरी बछलेश्वरी मन्दिरमा (कुम्हमचा) कन्यापुजा गरी पाँहाचह्रे दुनिया पुजा सकेपछि बज्रेश्वरीको हरिजन टोलमा रथयात्रा, पशुपतिनाथ तथा जयवागेश्वरी, तलेजुभवानीबाट पुजा गरी बछलेश्वरी देवीलाई बली पुजा गरी बछलेश्वरी देवीमा कन्याकुमारी, आकाश भैरव, महादेवपार्वतीको मूर्ति बछलेश्वरी माताको मन्दिरमा लगिने बताए ।

शनिबार हरिजन टोलबाट बज्रेश्वरीको रथ इट्टापाखा ल्याई रथारोहण गरी साँझ जात्रा समापन पश्चात् राति श्री बछलेश्वरीको जात्रा तथा आकाश भैरवको जात्रा शुरूवात हुने छ । त्यसपश्चात, बछलेश्वरीको देवीको रथ पशुपतिनाथको ढोकामा दुई ठक्कर लगाई द्वारेले सिन्दुर चढाउने र रथलाई अमालकोट कचहरी ल्याइन्छ । उक्त दिन नक्साल भगवतीको रथयात्रा पशुपतिनाथमा ढोगाई अमालकोट कचहरीको डवलीमा ल्याई ढोगाए पछि पशुपतिनाथको मुल ढोकामा तीन ठक्कर लगाई श्रीका पुजारीले सिन्दुर चढाई मुल डवलीमा राखिनेछ ।

सोही दिन बछलेश्वरी देवीको प्रतिमूर्ती तथा आकाश भैरवको देवतालाई गुठि घरमा लगि जात्रा समापन हुने छ । विशेषगरी अमालकोट कचहरीले सञ्चालन गर्ने जात्राको शुरूवात काठमाडौँ उपत्यकामा यो जात्रा शुरूवात नभई अरू जात्रा पर्व सञ्चालन÷शुरूवात नहुने गरेको छ ।

Skip This
Skip This
Logo