काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले स्तब्ध पारेको हो ।
लखनउले दिएको १७२ रनको लक्ष्य पन्जाबले १६.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा ओपनर प्रभसिमरन सिंहले ३४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे ।
यसैगरी कप्तान श्रेयस ऐर ५२ रनमा नटआउट रहे । प्रियान्स आर्या ८ रन जोड्दै पेभेलियन फर्किंदा नेहाल बडेरा ४३ रनमा नटआउट रहे ।
बलिङतर्फ लखनउका लागि दिग्भेस सिंहले २ विकेट लिए ।
त्यसअघि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ ७१ रन बनाएको थियो । लखनउका लागि एडेन मारकरमले सर्वाधिक २८ रन जोड्दा निकोलश पुरनले ४४ रन, आयुस बधोनीले ४१ रन, डेभिड मिलरले १९ रन तथा अब्दुल समदले २७ रन जोडे ।
बलिङतर्फ पञ्जाबका अर्सदीप सिंहले ३ विकेट लिए ।





























प्रतिक्रिया