२५ करोड काण्डका मालिक पत्ता लागे, को हुन् उनी ?

२५ करोड काण्डका मालिक पत्ता लागे, को हुन् उनी ?

केन्द्रबिन्दु
387
Shares

काठमाडौं । काठमाडौंको टोखामा समातिएको २५ करोड रुपैयाँका मालिक राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ । यही चैत ४ गते ट्रकबाट बरामद गरिएको रकम व्यवसायी नारायण पौडेल रहेको खुलेको हो ।

काठमाडौंबाट नुवाकोट झोर हुँदै चीनतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्बरको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिँदा युरो र अमेरिकी डलर गरी करिब २५ करोड रुपैयाँ फेला पारेको थियो ।

सो रकम सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं.०४ स्थायी घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नम्बर १० महादेवटार पौडेलको रहेको बताइएको छ ।

सो ट्रकबाट युरो ५००,२००,१०० १५० दरको जम्मा १३,७५,१५० र अमेरिकी डलर १०० र ५० दरको जामा ३,२०,८५० फेला पारेको थियो । उक्त विदेशी मुद्राहरू बरामद हुँदा ट्रक चालक कुसाङ लामा पक्राउ परेका थिए । उनी अहिले पनि थप अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । राजस्व अनुसन्धान विभागले गरेको सूक्ष्म अध्ययनले उक्त अवैध रकम जोडिएको व्यक्ति पौडेल रहेको देखाएकाे छ ।

घटनाको थप अनुसन्धानका लागि विभागले अभियुक्तलाई पक्राउ गरी विभागमा दाखिला गर्न नेपाल प्रहरीलाई पत्राचार समेत गरेको जानकारी दिएको छ । व्यवसायमा संलग्न पौडेल लामो समय देखि विभिन्न क्षेत्रमा जोडिएर काम गर्दै आएका छन् ।

Skip This
Skip This
Logo