काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै ब्रिज कोर्स सञ्चालन गर्ने भएको छ ।
विद्यार्थीहरूलाई आफ्नो सपनाको प्लस-टु स्कुलमा भर्ना हुने अवसर प्रदान गर्न ‘अल्फाबिटा ब्रिज कोर्स’ सञ्चालन गरिने बताइएको हो । यो कोर्सले विद्यार्थीहरूलाई प्रतिष्ठित प्लस–टु स्कुलमा प्रवेशका लागि तयार पार्न विशेष रूपमा डिजाइन गरिएको अल्फाबिटाले जानकारी दिएको छ ।
सेन्ट जेभियर्समा भर्ना हुने विद्यार्थीहरूका लागि सेन्ट जेभियर्स इन्ट्रान्स प्रि-परेसन कोर्स पनि अल्फाबिटामा हुनेछ । यस्तै, विज्ञानमा बलियो आधार बनाउन एड्भान्स साइन्स कोर्स र र म्यानेजमेन्ट स्कुलमा प्रवेशका लागि एड्भान्स म्यानेजमेन्ट कोर्स सञ्चालन हुने अल्फाबिटाले बताएको छ ।
अल्फाबिटामा ब्रिज कोर्स गरेका विद्यार्थीले सन् २०१६ देखि २०२४ सम्ममा सेन्ट जेभियर्समा १२९ देखि २४० जना र साइन्सका स्कुलमा ३३० देखि ४७० जना विद्यार्थी भर्ना हुन सफल छन् । विगत १३ वर्षमा उल्लेखनीय सफलता हासिल गरेको अल्फाबिटाले विद्यार्थीको सहजीकरणको लागि यस्तो सुविधाको व्यवस्था गरेको हो ।
यस्तै, अल्फाबिटा ब्रिज कोर्स गर्ने म्यानेजमेन्ट स्कुलहरूमा ८२ देखि १४१ जना भर्ना सफल भएको तथ्यांकले देखाउँ छ । एसओएस हर्मन गमाइनर, बुढानीलकण्ठ स्कुल र ए-लेभल क्याम्पसहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको बताइएको छ ।
अल्फाबिटाका अनुसार ब्रिज कोर्स गर्न आउने पहिलो १०० जना विद्यार्थीहरूलाई २५ प्रतिशत छुट र मेरिटका आधारमा छात्रवृत्तिको व्यवस्था गरिएको छ । अल्फाबिटामा ब्रिज कोर्स गर्न चाहने विद्यार्थीले संस्थाको वेबसाइट वा कल गरी बुझेर साथै सहभागी हुन सक्नेछन् ।
३४ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय अल्फाबिटाले एक लाखभन्दा बढी विद्यार्थीहरूलाई सेवा प्रदान गरिसकेको छ । नेपाल र भारतका प्रतिष्ठित क्याम्पसहरूबाट आएका अनुभवी शिक्षकहरूबाट ब्रिज कोर्सका तयारी कक्षाहरू हुने बताइएको छ ।































प्रतिक्रिया