काठमाडौं । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरूको आन्दोलनमा संलग्न भएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारप्रति आपत्ति जनाएको छ । रास्वपालेचोरी र लुटपाटमा संलग्न’ भनेर सञ्चारमाध्यममा आएका समाचार आपत्ति जनाउँदै आफ्ना पार्टीका सदस्यहरु सो आन्दोलनमा सहभागी नभएको दाबी गरेको छ ।
रास्वपाको केन्द्रीय संगठन विभागले जारी गरेको विज्ञप्तीमा राजावादी आन्दोलनमा गएर लुटपाटमा संलग्न रहेको भनिएका डा.राजकुमार राई, भगवती रोकालगायत व्यक्तिहरू विगत तीन महिनाअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेको र हाल कुनै जिम्मेवारीमा नरहेको दाबी गर्दै रास्वापाका नेता तथा कार्यकर्ताहरु सो आन्दोलनमा सहभागी भएको फेला परेमा कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।






























प्रतिक्रिया