सदस्यता अभियान तीव्र पार्न जापान र कोरियाको भ्रमण गर्दै शेष घले

सदस्यता अभियान तीव्र पार्न जापान र कोरियाको भ्रमण गर्दै शेष घले

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष सहितको टोलीले जापान र दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेसहितको टोली जापान र दक्षिण कोरिया जान लागेको हो । मे ३–५, २०२५ मा काठमाडौंमा एकताको अधिवेशन आह्वान गरेर तयारी तीव्र भइरहेका बेला उच्चस्तरीय समितिका सदस्यसहितको टोली सदस्यता अभियान तीव्र पार्न यात्रामा निस्कन लागेको हो ।

यही शनिवार ५ तारिखका दिन राष्ट्रिय समन्वय परिषद् जापानले डा. घलेको प्रमुख आतिथ्यमा राजधानी टोकियोमा ‘प्रवासमा रहेका नेपालीहरूका लागि एनआरएनएको आवश्यकता र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ ।

यसैगरी आइतबार ६ अप्रिलका दिन दक्षिण कोरियाको राजधानी सियोलमा दुई
एनसीसीबीचको एकता अधिवेशन उद्घाटन समारोहलाई पनि डा घलेले सम्बोधन गर्ने छन् । दक्षिण कोरियामा हुने एनसीसी एकता अधिवेशनको प्रमुख अतिथिको रूपमा संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुण चौधरी पनि जाने भएका छन् ।

काठमाडौंमा हुन लागेको एकताको महाधिवेशनका लागि उच्चस्तरीय समितिले सदस्यता आवेदनको मिति ७ अप्रिल सम्म पुर्याएको छ भने भौतिकरुपमै उपस्थित भएर महाधिवेशनमा सहभागी बन्न डेलिगेट्स (प्रतिनिधि) को आवेदन २२ अप्रिलसम्म दिन सकिने छ । यसअघि सदस्यता आवेदन दिने मिति ३१ मार्चसम्म रहेकोमा अहिले एक हप्ता थप गरेर ७ अप्रिलसम्म पुर्याइएको हो ।

त्यस्तै, वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकिएको छ ।

Skip This
Skip This
Logo