काठमाडौं । क्रिस्टियानो रोनाल्डो प्रेरित अल नासरले साउदी प्रो लिगमा साबिक विजेता अल हिलालमाथि सानदार जित दर्ता गरेको छ ।
शुक्रबार भएको खेलमा अल नासरलेले अल हिलालमाथि ३–१ गोलको जित निकालेको हो । अल नासरको जितमा रोनाल्डोले दुई गोल गरे भने एक गोल अली अलहसनले गरेका थिए । यता अल हिलालका लागि एक गोल अलि अलबुलायहीले गरेका थिए ।
यो जितसँगै अल नासर २६ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा रहेको छ । अल हिलाल भने ५७ अंकसहित दोस्रो स्थानमा छ ।





























प्रतिक्रिया