रवि लामिछानेलाई लगियाे भैरहवा, दुई दिन प्रहरी हिरासतमै राखिने

रवि लामिछानेलाई लगियाे भैरहवा, दुई दिन प्रहरी हिरासतमै राखिने

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार मध्यरातमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिएको छ । लामिछानेलाई प्रहरीले आज बिहानै यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले मध्यरातमा नियन्त्रणमा लिएको हो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

अब उनलाई भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाइने छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएकाे हाे ।

Skip This
Skip This
Logo