रवि समातिएपछि ज्ञानेन्द्र शाहीको कविता- न्यायको आँखा फोडिदेऊ, कानहरू बन्द गर !

रवि समातिएपछि ज्ञानेन्द्र शाहीको कविता- न्यायको आँखा फोडिदेऊ, कानहरू बन्द गर !

केन्द्रबिन्दु
681
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात पक्राउ गरेपछि वर्तमान सरकारको कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कविता शैलीमा शाहीले ‘सत्यको मुख थुनेर झुटको गीत गाऊ र भ्रष्टहरूको जयजयकार गर्दै सत्ताको भोग गर’ भन्दै सरकारमााथि व्यंग्य कसेका हुन् ।

उनले भनेका छन्, ‘सत्यको मुख थुन,
झुटको गीत गाऊ।
बेइमानीको पूजा गर
नैतिकताको खिल्ली उडाऊ।।
क्रान्तिकारीको नाराले,
जनतालाई उल्लु बनाऊ।
पापीहरूको शासनमा,
इमान्दारहरुलाई रुवाऊ।।
गरिबहरुलाई चुस्दै,
तिजोरीहरु भर ।
न्यायको आँखा फोडिदेऊ
कानहरू बन्द गर,।
भ्रष्टहरूको जयजयकार गर्दै
, सत्ताको भोग गर।।
तर याद राख, यो खेल सधैं चलिरहने छैन,
सत्यको ज्वाला बल्नेछ, अन्धकार हट्नेछ।
जनताको आँसुको हिसाब, तिमीले दिनुपर्नेछ,
भ्रष्टहरूको साम्राज्य, ढल्ने दिन चाँडै आउनेछ।।’

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले मध्यरातमा नियन्त्रणमा लिएको हो । हाल उनलाई भैरहवा लगिएको छ । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै अहिले आलोचना पनि भइरहेको छ ।

Skip This
Skip This
Logo