चलचित्र ‘गोपी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘लक्ष्मी कहिले काली’ बोलको गीत सार्वजनिक भएको हो । "/>

विपिन र वर्षाको ‘लक्ष्मी कहिले काली’ सार्वजनिक

विपिन र वर्षाको ‘लक्ष्मी कहिले काली’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘गोपी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘लक्ष्मी कहिले काली’ बोलको गीत सार्वजनिक भएको हो । यस गीतमा धुर्व बिस्को र एञ्जिला रेग्मीले स्वर दिएका छन । बुद्वि सागरले शब्द दिएको यस गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

यो गीत भजनको फलेभरमा बनेको छ । यस गीतमा विपिन र वर्षा फिचर्ड छन् । दिपेन्द्र लामा निर्देशित चलचित्रमा वर्षा राउत र विपिन कार्कीको मुख्य भूमिका रहेको छ । साथै सुरक्षा पन्त, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, केशव राई लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

हिजो मात्र चलचित्रका मुख्य कलाकार विपिन कार्की दुर्घटनामा परेर चलचित्रको छायांकन रोकिएको छ । गोपी माघ १८ गतेदेखि देशभर प्रर्दशनमा आउँदैछ ।

 

Logo