आज भोली सिने क्षेत्रमा चलचित्रहरु एकआपसमा जुध्ने क्रम बढ्दो छ । कुनै चलचित्रको जुधाईले त्यति चर्चा पाउदैन भने कुनै चलचित्रको जुधाई भने हेर्न लायकको नै हुन्छ । "/>

चैत्र २९ मा अनमोल र सलिनमानको भिडन्त

चैत्र २९ मा अनमोल र सलिनमानको भिडन्त

केन्द्रबिन्दु
0
Shares

आज भोली सिने क्षेत्रमा चलचित्रहरु एकआपसमा जुध्ने क्रम बढ्दो छ । कुनै चलचित्रको जुधाईले त्यति चर्चा पाउदैन भने कुनै चलचित्रको जुधाई भने हेर्न लायकको नै हुन्छ । त्यस्तै चैत २९ मा प्रर्दशन हुन लागेका दुई चलचित्र हुन ‘यात्रा: अ म्युजिमल भ्लग’ र ‘ए मेरो हजुर ३’ ।

चलचित्र ‘ए मेरो हजुर २’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका नायक हुन् सलिनमान बाँनिया । एउटा चलचित्रमा अभिनय गरेपछि उनी लामो समय सम्म सिने क्षेत्रमा देखा परेनन् । अहिले उनी चलचित्र ‘यात्रा: अ म्युजिमल भ्लग’ बाट फेरि चलचित्र क्षेत्रमा छाएका छन् । मेघास्टार अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि चैत्र २९ गतेदेखि प्रर्दशनमा आउने भएको छ । अर्थात यी दुई चलचित्रको भिडन्त लगभग पक्का भएको छ ।

सम्राट शाक्यले निर्देशन गरेको चलचित्र ‘यात्रा: अ म्युजिमल भ्लग’ मा नायक सलिनमान बानिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्रचार्य, धिरेन शाक्य लगायतका कलाकारहरुको अभिनय रहने छ । यो चलचित्रलाई केशव भट्टराईले निर्माण गरेका हुन् ।

सुनिल कुमार थापाले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । यी दुई चलचित्र एक साथ प्रर्दशन हुदैछ । अब कुन चलचित्रले बाजी मार्छ त्यो हेर्न भने चैत्र २९ नै कुर्नु पर्ला ।

Logo