काठमाडौं । नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्स प्रालिले नयाँ वर्ष अफर ल्याएको छ ।
अप्रिल ५ देखि एक हप्तासम्म चल्ने उक्त कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरुलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । यससँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङका लागि केवल ५ लाख ९९ हजार देखि सुरु हुने सजिलो डाउन पेमेन्टबाट फाइदा लिन सक्नेछन् ।
यस अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै १ लाख रुपैयाँ सम्मको फाइदाहरू समावेश गरिएको कम्पनीको भनाई छ । खरिद प्रक्रियालाई थप सजिलो बनाउन ८० प्रतिशत सम्मको फाइनान्सिङ सहायता प्रदान गर्ने पनि बताइएको छ । साथै, टेस्ट ड्राइभमा सहभागी हुने सबैलाई निःशुल्क उपहार प्रदान गरिनेछ ।































प्रतिक्रिया