एजेन्सी । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा अन्धाधुन्ध गोली चल्दा डाक्टरसहित ४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १ डाक्टर, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र बन्दुकधारी स्वयं रहेका छन् ।
नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेका थिए । तर यसको पुष्टि भने हुन सकेको छैन् । प्रहरीको गोली लागेर मारिएको पनि हुनसक्ने जनाईएको छ ।
मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर, उनले गोली नै किन हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।































प्रतिक्रिया