शिक्षा विधेयकको दफावार छलफल तीब्रता, ईसीडीलाई २ वर्षे बनाउने सहमती

शिक्षा विधेयकको दफावार छलफल तीब्रता, ईसीडीलाई २ वर्षे बनाउने सहमती

केन्द्रबिन्दु
513
Shares

काठमाडौं । प्रारम्भिक बालविकास (ईसीडी) शिक्षालाई दुई वर्षे बनाउने सहमती भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले उक्त निर्णय गरेको हो ।

विद्यालय शिक्षा विधेयकमाथी दफावार छलफलको क्रममा इसीडीलाई दुई वर्षको बनाउने सहमती जुटेको छ । अहिले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले इसीडी १ वर्षको हुने व्यबस्था रहेको छ । तर निजी विद्यालयहरूले ३/४ वर्षसम्म पढाउने गरेपछि विद्यालय शिक्षा ऐनमा इसीडीलाई २ वर्षको बनाउने सहमति जुटेको हो । उपसमितिले आजसम्म २२ वटा बुँदामा दफावार छलफल सकाएको जानकारी दिएको छ ।

साथैं अबको ३५ दिनभित्र शिक्षा ऐनको दफावार छलफल सकाउने गरी छलफल भइरहेको जानकारी उपसमितिले गराएको छ।एकातिर शिक्षकहरु शिक्षा ऐन पारित नभएसम्म सडक नछाड्ने अडान लिईरहदा उपसमितिले दफावार छलफल फास्ट ट्रयाकमा अगाडि बढाएको छ ।

शिक्षकहरूको आन्दोलनको असर उपसमितिमा पनि देखिएको छ । १६३ वटा दफा रहेको विधेयकमा १ हजार ७५८ बुदा संशोधन परेको छ । शिक्षा समितिमा सबै सरोकारवाला पक्षसँग छलफल भएपछि उपसमिति बनाएर दफावार छलफल चलिरहेको छ । उपसमितिलाई ३५ दिनको समय पनि दिइएको छ ।

उपसमितिले टुंगो लगाएपछि फुल समितिमा लैजाने छ र फुल समितिले सभामा पेस गर्ने छ । आगामी अधिवेशनमा सभामा पेस गर्नेगरी विधेयकमा काम भइरहेको समितिले जनाएको छ ।

Logo